भारतविरुद्ध आसिफको अर्धशतक
काठमाडाैं | भदौ १८, २०८०
काठमाडौं: नेपालका ओपनर आसिफ शेखले एसिया कपमा भारतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले ८८ बलमा आफ्नो ओडिआई करिअरको १० औं अर्धशतक प्रहार गरेका हुन् । आसिफ ८९ बलमा ८ चौकासहित ५५ रनमा क्रिजमा छन् । गुलशन झा २३ बलमा १ चौकासहित १२ रनमा क्रिजमा छन् ।
पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय २३ रन बनाएको छ ।
ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९।५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।
कुशल शार्दुल ठाकुरको दशौं ओभरको पाँचौं बलमा विकेटकिपर ईशान किशनबाट क्याच आउट हुन पुगे । त्यसपछि नेपालको रनको गतीमा कमी आएको थियो ।
नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

